सरकारको कमजोरीले नागरिकले अकालमा ज्यान गुमाउनुपर्यो : सांसद राई
ratopati.com · Tue Sep 15 11:28:23 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको उनले बताए। रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएकोप्रति उनले चिन्ता व्यक्त गरे। यसका साथै चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारी आएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)