मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहबाट सहयोग जुट्दै

gorkhapatraonline.com · Sat Aug 29 03:31:58 GMT 2026

भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । त्रिवेणी गाउँपालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले बाढीपछि सम्पर्कविहीन भएका आफ्ना ११ जना नागरिकको खोजीका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)