हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुँदै
onlinekhabar.com · Sat Aug 29 03:28:49 GMT 2026

१३ भदौ, सुर्खेत । नेपाल-चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ । लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टिन सञ्चालन गर्ने तयारी गरिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार हिल्सा नाकाबाट हुने सामानको आयात-निर्यातको अवस्था र नाका सञ्चालन हुने समयलाई ध्यानमा राखेर अस्थायी क्वारेन्टिन स्थापना गर्न लागिएको हो । ‘वर्तमान अवस्थामा हिल्सा नाकाबाट हुने सामानको निर्यातको अवस्थालाई ध्यानमा राखेर अस्थायी रूपमा सञ्चालन गर्ने गरी क्वारेन्टिन स्थापना गर्ने तयारी भइरहेको छ’, महानिर्देशक दाहालले भने।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)