मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बरेङमा बसाइँसराइले बस्ती सुनसान

barnanmedia.com · Sat Feb 22 22:06:47 GMT 2025

पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् ।

बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा ३४७ परिवारका एक हजार २८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छोडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामै २१० जनाले गाउँ छोडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)