‘जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ’
nepalnews.com · Tue Jun 23 12:17:01 GMT 2026

चितवन। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन्। जिल्ला हुलाक कार्यालयको आज (मंगलबार) निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए।
“जनता खुसी भए मात्र विश्वास बढ्छ। जनताको विश्वास बढेपछि मात्रै तपाईंको कामको महत्त्व बढ्छ‚” उनले भने। उनका अनुसार संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन। “यो संस्थामा काम गर्ने हरेक कर्मचारीको हकहित सुरक्षित हुनुपर्छ‚” मन्त्री तिमिल्सिनाले भने‚ “हामीले लोकतन्त्र भन्यौँ, तर संस्थालाई कमजोर बनायौँ। त्यसले गर्दा इतिहास मात्रै राम्रो भयो, वर्तमान बर्बाद भयो। यस्तै अनियमित गर्ने हो भने भविष्य कसरी सुरक्षित हुन्छ ?”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)