प्रसिद्ध गजल गायक गुलाम अली नेपाल आउँदै, ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुने
deshsanchar.com · Sat Feb 22 22:50:04 GMT 2025

काठमाडौँ- प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन् । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए।
उनले भने, “गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनुहुने छ । उहाँलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।” अध्यक्ष मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)