जडिबुटीमा गोली चल्यो
ratopati.com · Sat May 30 16:53:35 GMT 2026

काठमाडौँ । काठमाडौँको जडिबुटीमा प्रहरीले गोली चलाएको छ । जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग भुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘जवाफी कारबाहीका क्रममा हाम्रो एकजना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)