मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्कामा डेङ्गु सङ्क्रमणमा वृद्धि, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान

gorkhapatraonline.com · Tue Jun 23 12:24:18 GMT 2026

पछिल्लो समयमा लामखुट्टेबाट हुने डेङ्गु ज्वरोको फैलावटमा वृछिद्ध भएपछि यसलाई नियन्त्रण गर्नका लागि सेना तैनाथ गरिरहेको श्रीलङ्काकाका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । अधिकारीहरुका अनुसार अस्पतालमा दैनिक एक हजार भन्दा बढी विरामी डेङ्गु सङ्क्रमणका कारण भर्ना हुन आउने गरेका छन् ।

श्रीलङ्काकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थल पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रियरुपमा सहभागी हुने बताएको छ । डेङ्गुले उच्च ज्वरो आउने टाउको दुख्ने, बान्ता हुने मांसपेशी दुख्ने र विरामी गम्भीर अवस्थामा पुगे पछि रक्तस्राव भइ मृत्युको कारण बन्न सक्ने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)