मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगरको बेरुजु ३७ करोड ८६ लाख, यो वर्ष मात्रै ८ करोड थपियो

nepalpress.com · Tue Jun 23 12:26:25 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाको बेरुजु रकम झन् बढेको छ । गत वर्षसम्मको बेरुजुमध्ये १ करोड ६८ लाख ४३ हजार रुपैयाँ फर्स्यौट भए पनि यो वर्ष मात्रै ८ करोड २ लाख रुपैयाँभन्दा बढी बेरुजु थपिएपछि महानगरको कुल बेरुजु ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार महानगरको अद्यावधिक बेरुजु ३७ करोड ८६ लाख ८४ हजार ५४६ रुपैयाँ पुगेको हो। प्रतिवेदनअनुसार महानगरको गत वर्षसम्म ३१ करोड ५२ लाख ८८ हजार ४८५ रुपैयाँ बेरुजु बाँकी थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)