विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय
bishowkhabar.com · Tue Jun 23 12:26:11 GMT 2026

काठमाडौं– नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई सुनियोजित, प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले पौडेलको तत्काल रिहाइको माग गर्दै सरकारको कदमको विरोध गर्ने निर्णय गरेको हो ।
सांसद गुरु बरालले पौडेलको गिरफ्तारी विधिको शासनविपरीत भएको दाबी गर्दै संसद्मार्फत कडा प्रतिवाद गरिने बताए ।
बैठकले सरकारी स्वेच्छाचारिता, बढ्दो महँगी तथा बाढीपहिरो प्रभावित नागरिकका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
प्रमुख सचेतक ऐन महरका अनुसार बैठकले सातबुँदे प्रस्ताव पारित गर्दै पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरी काठमाडौं ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ