सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमाः राष्ट्रसङ्घ
gorkhapatraonline.com · Tue Sep 15 11:39:02 GMT 2026

संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट पीडित छन् भने एक करोड ४० लाख विस्थापित भएका छन् ।
कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सीलाईसमेत निकट भविष्यमा आवाश्यक अपरेसन सञ्चालनमा बाधा पुगेको छ । सुडानको आठ दिने भ्रमणको समापनमा, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का कार्यवाहक निर्देशक ए कार्ल स्काउले करिब पाँच लाख मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)