गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल
khabarhub.com · Tue Sep 15 11:38:11 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी जग्गा व्यवस्थापनका लागि आवश्यक कानुनको तर्जुमा भइरहेको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै मन्त्री रावलले धर्म, सभ्यता, सम्पदा, परम्परा, संस्कृति, अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण आदिलाई ध्यान दिएर कानुनको मस्यौदा भइरहेको जानकारी दिइन्। उनले विज्ञ र सरोकार भएका व्यक्ति सरकारले घनिभूत अध्ययन र छलफल गरिरहेकाले यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास दिलाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)