गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
ratopati.com · Tue Jun 23 12:30:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य बस्तु फेला परेको छ ।
विमानस्थल नजिकै लड्स प्लाजामा मन्त्री गुरुङले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको थियो । अमलेटमा माछाको काँडा फेला परेपछि प्रहरीले सो होटलका दुई जना कर्मचारीलाई सोधपुछ गरेको छ । सोधपुछ गरेर उनीहरूलाई रिहा गरिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘स्थानीय प्रशासनले अनुगमन गर्दा सामान्य त्रुटि भेटिएको हो, सोधपुछ गरेर होटल कर्मचारीलाई छाडेका छौँ ।’
चितवनको सौराहा र भरतपुर क्षेत्रको होटलमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको एसपी पौडेलले बताए ।
रास्वपाको महाधिवेशनमा ठुलो संख्यामा प्रतिनिधि र अन्य व्यक्तिहरू चितवन आएको हुनाले मिसावट हुनसक्ने आशङ्कामा अनुगमन भइरहेको एसपी पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)