भक्तपुरका सुरक्षा निकायलाई विपद् उद्धारका सामग्री हस्तान्तरण
bishowkhabar.com · Tue Sep 15 11:40:43 GMT 2026

काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपद्का बेला खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखलाई सेफ्टी बेल्ट, फायर बल, विद्युतीय कटर, आल्मुनियम भ¥याङ, पेट्रोल कटर, मेघाफोन, फोल्डिङ स्ट्रेचर, बन्चरो र सर्च लाइटलगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)