मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अत्यधिक सेवा शुल्क लिने कोकिल विज्ञापन एजेन्सीलाई कारबाही

ekantipur.com · Tue Feb 13 01:05:00 GMT 2024

काठमाडौँ — विज्ञापन बोर्डले अत्यधिक सेवा शुल्क लिने काठमाडौंको ‘कोकिल मिडिया’लाई कारबाही गरेको छ । बोर्डले १० हजार रुपैयाँ जरिवाना र ०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौंसँग उक्त एजेन्सीले गत असोज १२ मा गरेको सम्झौतामा उल्लिखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकाले उक्त जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)