एसियाड उद्घाटनमा मानमती र चन्द्रले बोक्नेछन् नेपालको झण्डा
ratopati.com · Tue Sep 15 11:47:10 GMT 2026
काठमाडौँ। जापानमा यही शनिबारदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) को उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सिङका चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्।
जापानको आइची–नागोयामा आयोजना हुने एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर १९ अर्थात् असोज ३ गते हुँदैछ । यसपटक नेपालबाट २१ खेलमा १३५ खेलाडीले सहभागिता जनाउँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)