नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री रावल
annapurnapost.com · Tue Sep 15 11:42:56 GMT 2026

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी दिएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको उठाएका प्रश्नको जवाफ दिदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसद्मा पेश गरिने जानकारी दिएकी हुन्। उनले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरोकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गरिन्। गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आम्दानीबाट चल्ने जात्रा–पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको मन्त्री रावलको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)