मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक प्रहरी अनुशिक्षण तालिम सम्पन्न

gorkhapatraonline.com · Tue Jun 23 12:38:05 GMT 2026

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सञ्चालन भएको सात कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डा. ईन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि सापकोटाले कोशी प्रदेशमा रहेका बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणीय पर्यटकीयस्थलको अवलोकन र भ्रमणको लागि पाल्नु हुने विदेशी तथा स्वदेशी पर्यटकको आवश्यक शान्ति सुरक्षालगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

तालिमरत प्रशिक्षार्थीसँग अन्तरक्रिया गर्नुका साथै उहाँहरुबाट उठेका जिज्ञासाको बारेमा उहाँले प्रस्ट पार्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिममा सहभागी प्रशिक्षार्थीलाई तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा त्रुटिरहित तवरले सम्पादन गरी कोशी प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको सुरक्षा व्यवस्था प्रभावकारी बनाइ पर्यटकको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिमसम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । तालिममा कोशी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानसहित ३० जना प्रहरी कर्मचारीको सहभागिता थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय