बालेनलाई गाडी दिने व्यापारीको बयानका आधारमा विष्णु पौडेल पक्राउ !
clickmandu.com · Tue Jun 23 12:37:55 GMT 2026

काठमाडौं । व्यवसायीद्वय कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानपछि पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको खुलेको छ । उनीहरूले पौडेलकै दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई सस्तोमा बेचेको बयान दिएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतलाई गत जेठमा व्यवसायीहरू कमलकिशोर मालपानी र चुन्न प्रसाद पौडेललाई सोधपुछ गरि बयान लिइएको जानकारी गराएको थियो । त्यसपछि विशेष सरकारी वकिल कार्यालयले भट्टसहित ३९ जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा अभियोजन गरिएको थियो ।
हाल विभागले यो मुद्दामा पुरक अभियोजन लैजाने तयारी गरेको छ । खासगरी व्यवसायी भट्टको साझेदार देखिएका व्यवसायीहरू विभागको राडारमा छन् । उनै व्यवसायीको बयान पछि पौडेल पक्राउ परेको पाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले २० दिनको म्याथ थप गर्न इजलास समक्ष माग गरेको छ ।
व्यवसायी दीपक भट्ट लगायतसँग मिलेर सेयर कारोबार र अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीमाथि थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलहरूले तर्क गरेका थिए ।
पौडेलका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको र उनको आरोप पुष्टी नहुने भएकाले म्याद थप गर्न आवश्यक नभएको तर्क गरे ।
शर्मा र मालपानीले श्रीराम टोबाकोको २० प्रतिशत सेयर भट्टलाई बेच्दा पौडेलले सहजीकरण गरेको दलिल सरकारी वकिलले इजलास समक्ष गरेका थिए । मालपानी र शर्माको सोही बयानका आधारमा आधारमा पौडेललाई पक्राउ गर्न नमिल्ने तर्क पौडेल पक्षका कानुन व्यवसायीको छ ।
‘प्रश्न उठाउने नै हो भने मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए चुनावमा ?’ उनीमाथि गर्नु पर्ने कानुन व्यवसायीको भनाइ छ ।
‘मालपानीको गाडी कसले प्रयोग गर्यो उसलाई समाउनु पर्यो जसले ८ करोडको मालपानीको गाडी चढ्छ त्यसमाथि अनुसन्धान नहुने ?,’ इजलास समक्ष पौडेलका कानुन व्यवसायीले भने, ‘मालपानीले मेरो कम्पनीको सेयर फलानोले कम रकममा किन्यो भनेकै आधारमा विष्णु पौडेललाई पक्रन मिल्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
विष्णु पौडेल
काठमाडौँ