कांग्रेस संस्थापनसँग पूरै संवाद टुटेपछि नयाँ पार्टी गठनतर्फ इतरपक्ष
bishowkhabar.com · Tue Jun 23 12:35:43 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पछिल्ला दुई सातादेखि कुनै पहल नभएको इतर समूहले जनाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्काबीच जेठ २२ गते भएको भेटपछि थप संवाद अघि बढ्न सकेको छैन ।
डा.प्रकाशशरण महतले संस्थापन पक्षले पार्टी एकताका लागि चासो नदेखाएको आरोप लगाएका छन् ।
यता संस्थापन पक्षले भने क्रियाशील सदस्यता अध्यावधिक नगर्दा समाधानको वातावरण बन्न नसकेको बताएको छ ।
विवादको मुख्य विषय क्रियाशील सदस्यता अध्यावधिक र पार्टीका विभिन्न समितिहरूमा प्रतिनिधित्वको रहेको छ ।
इतर समूहले महाधिवेशनसँग सम्बन्धित समितिहरूमा समावेशी प्रतिनिधित्वको माग गर्दै आएको छ ।
सभापति गगन थापाले १५औँ महाधिवेशन निष्पक्ष रूपमा गराउने प्रतिबद्धता व्यक्त गर्दै विपक्षी पक्षले रोजेका व्यक्तिलाई समेत निर्वाचन र सदस्यता छानबिन समितिमा राख्न तयार रहेको बताएका छन् ।
तर सदस्यता अध्यावधिक भने अनिवार्य हुनुपर्ने उनको अडान छ ।
यही विषयमा सहमति नजुट्दा कांग्रेसभित्रको विवाद समाधान प्रक्रिया अहिले ठप्प बनेको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ