जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 15 11:52:01 GMT 2026

पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडित ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।
विमानले पश्चिम-मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइन-वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट संस्थामा दर्ता गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)