बाढीपहिरोले कर्णाली करिडोर अवरुद्ध, हुम्लामा यातायात प्रभावित
bishowkhabar.com · Tue Sep 15 11:50:48 GMT 2026

काठमाडौं– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोट आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् ।
सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा पहाडबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध भएको छ । बाढीले सडकमा क्षति पुर्याउनुका साथै आसपासको खेतीयोग्य जमिनमा लगाइएको खाद्यान्न बालीसमेत नष्ट गरेको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)