बेनीमा ७५ करोड ५२ लाख बढीको बजेट पारित
gorkhapatraonline.com · Tue Jun 23 12:42:02 GMT 2026

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरी पारित गरेको छ । मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगर उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५६ करोड ४ लाख ५० हजार र पूँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरिएको छ । बजेटमा संघीय समानीकरण अनुदान ११ करोड ७४ लाख र संघीय राजश्व बाँडफाँड ९ करोड ४८ लाख ६ हजार रुपियाँ आयका रुपमा समावेश गरिएको नगरसभामा जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)