कृषि, पर्यटन र पूर्वाधारमा गलकोटको प्राथमिकता
gorkhapatraonline.com · Tue Jun 23 12:51:16 GMT 2026

पश्चिम बागलुङको गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख भरत शर्मा गैरेले मंगलबार नगरसभाको १९ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
नगर प्रमुख गैरेले कृषि, पर्यटन, जलस्रोत, स्थानीय सिप र पूर्वाधारलाई समृद्ध गलकोट निर्माणको मुल आधारका रूपमा अघि सार्नुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरण गरेर व्यावसायिक बनाउने, गलकोटका पर्यटकीय स्थलको पहिचान र प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना सुनाउनुभयो । जलस्रोतको दिगो उपयोग गरेर सिँचाइ र खानेपानीको समस्या समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)