महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
reportersnepal.com · Thu Jul 15 16:35:40 GMT 2021
काठमाडौं, ३१ असार । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।
खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव अधिवक्ता हुन् । यसअघि केपी शर्मा ओलीको सरकारको पालामा महान्यायाधिवक्ता रमेश बडाल थिए । प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)