कमला नदीमा जलसतह बढ्दो, सतर्कता अप्नाउन आग्रह
gorkhapatraonline.com · Tue Sep 15 12:05:22 GMT 2026

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीको कमला नदीमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
महाशाखाले अपराह्न एक सूचना जारी गर्दै, कमला नदी सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो । कमला नदीमा पानी बढ्दो क्रममा रहेकोले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्नेहरुले बुधबार बिहानसम्म सतर्कता अप्नाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)