फेवातालमा डुंगा र कायकिङको सुरक्षा अनुगमन
gorkhapatraonline.com · Tue Sep 15 12:06:59 GMT 2026

पोखरा, भदौ ३० गते । पोखरा भन्नासाथ फेवातालको नाम अगाडि आउँछ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि फेवातालमा गरिने डुंगा र कायकिङ आकर्षणको पाटो बनेको छ । डुंगा तथा कायकिङ गर्ने पर्यटकहरुको सुरक्षा चुनौतीपूर्ण भएपछि आज जिल्ला अनुगमन समिति, कास्कीले फेवातालको डुंगा र कायकिङ घाटहरुको अवलोकन गरेको छ ।
डुंगा र कायकिङ सयर गराउने व्यवसायलाई व्यवस्थित र मर्यादित बनाई यात्रुहरुको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने उद्देश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अनुगमनका क्रममा फेवातालमा रहेका ४२ घाटहरुमा डुंगा तथा कायकिङ पार्किङ गर्दा घाटहरु अव्यवस्थित र असुरक्षित भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)