मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी

ratopati.com · Tue Jun 23 13:00:48 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि स्ट्रेट अफ हर्मुजमा अब थप नौसैनिक नाकाबन्दी नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, ‘ स्ट्रेट अफ हर्मुज अब खुला रहनेछ र त्यहाँ थप कुनै नौसैनिक नाकाबन्दी हुनेछैन,’ ।यद्यपि उनले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैन्य जहाजहरू यथास्थानमै राखिएको पनि बताएका छन् ।

ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममाथि उच्चतम स्तरको निरीक्षण स्वीकार गरेको दाबी पनि गरेका छन् । उनका अनुसार, ‘इरानले पूर्ण रूपमा र कुनै शर्तबिना उच्चतम स्तरको आणविक निरीक्षण स्वीकार गरेको छ,’ ट्रम्पले थप भने, ‘यदि उनीहरूले यसमा सहमति जनाएका नभएको भए थप वार्ताको कुनै सम्भावना नै हुने थिएन,’।

यद्यपि इरानी अधिकारीहरूले यसअघि सार्वजनिक रूपमा यस्ता दाबीहरूको पुष्टि गरेका छैनन् । हालसम्म इरानले आफूले नयाँ कुनै अतिरिक्त प्रतिबद्धता नगरेको बताउँदै आएको छ।

ट्रम्पले इरानलाई उपलब्ध गराइने प्रतिबन्ध छुट तथा रोक्का सम्पत्तिबाट प्राप्त रकम विशेष एस्क्रो खातामा राखिने बताएका छन् । उनले भनेका छन्, ‘ती रकमहरू अमेरिकाको नियन्त्रणमा हुने एस्क्रो खातामा राखिनेछन्’ ।

उनका अनुसार उक्त रकम केवल खाद्यान्न र औषधि खरिदका लागि प्रयोग गर्न पाइनेछ । ‘यो रकम केवल खाद्य सामग्री र औषधि खरिदमा प्रयोग हुनेछ,’ । ट्रम्पले इरानले उक्त रकम प्रयोग गरेर अमेरिका बाट मकै, गहुँ र सोयाबिन खरिद गर्ने दाबी गरेका छन् । उनले लेखेका छन्, ‘इरानले हाम्रा महान अमेरिकी किसानहरूले उत्पादन गरेका मकै, गहुँ र सोयाबिन खरिद गर्नेछ,’।

यसअघि पनि ट्रम्प प्रशासनका अधिकारीहरूले इरानलाई उपलब्ध गराइने रकम अन्ततः अमेरिकी कृषि क्षेत्रलाई फाइदा पुग्ने गरी प्रयोग गरिने बताएका थिए । तर इरानका केन्द्रीय बैंक प्रमुख अब्दोल्नासेर हेम्मतीले हालै अमेरिकाबाट कृषि उत्पादन खरिद गर्न इरान बाध्य नभएको भनेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय