हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ: महासचिव पोखरेल
gorkhapatraonline.com · Tue Jun 23 13:01:19 GMT 2026

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सोमवार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा सङ्कट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताउनुभयो। “निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)