गर्मी बढेपछि कपिलवस्तुका विद्यालयमा बिदा
lokaantar.com

पानी नपरेर अत्यधिक गर्मी बढेपछि कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले विद्यालयमा बिदा दिएको छ ।
गर्मीले विद्यालयको पठनपाठनमा असर गरेको भन्दै असार १२ गतेसम्म बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जारी गरेको सूचनामा उल्लेख छ ।
असारको ९ गते लागिसक्दा समेत पश्चिम तराईमा पानी पर्न सकेको छैन । पानी नपर्दा रोपाइँदेखि पढाइसम्म प्रभावित भएको छ ।
हाल तराईमा तातो हावा चल्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
सरोज गुरागाईं