जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
onlinekhabar.com · Tue Sep 15 12:03:36 GMT 2026

३० भदौ, गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)