रियललाई हराएर लाइपजिगको नजर छनोटतर्फ
ekantipur.com · Wed Oct 26 01:03:21 GMT 2022
काठमाडौँ — आरबी लाइपजिगले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार रियल म्याड्रिडलाई ३–२ ले हराएर नकआउट चरण प्रवेशको सम्भावना कायम राखेको छ । जर्मन टिमका लागि जास्को जिभारडिल, क्रिस्टोफर एनकुनु र टिमो वार्नरले गोल गरे ।
समूह ‘एफ’ मा लाइपजिगको 9 अंक भएको छ र यो शीर्षमा रहेको रियलको भन्दा एक अंक कम हो । यस्तै तेस्रोमा रहेको साख्तर डोनेस्क भन्दा तीन अंक बढी रहेको छ । अब अर्को साता लाइपजिगले साख्तरकै सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन रियलले भने आफू अन्तिम १६ मा पुगिसकेको हुनाले दोस्रो रोजाईका खेलाडी उतारेको थियो । समूहको अर्को खेलमा साख्तरले सेल्टिकसँग १–१ को बराबरी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)