चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर
corporatenepal.com · Tue Sep 15 12:11:31 GMT 2026
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ । योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)