सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने
gorkhapatraonline.com · Tue Jun 23 13:08:29 GMT 2026

नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ। नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको हो।
विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीका रूपमा रहेका बालविवाह, लागूऔषध दुर्व्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ। सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)