प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुरक्षित रूपमा यसरी पठाउनुहोस् राहत रकम
techpana.com · Sat Aug 29 03:18:30 GMT 2026

काठमाडौं । बुधबार रसुवाको भोटेकोशीमा अप्रत्याशित रूपमा आएको ठुलो बाढीका कारण जनधनको क्षति भएपछि यतिबेला प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणको काम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत रकम सङ्कलन गरिरहेको छ । सरकारले राहतको नाममा आफूखुसी रकम सङ्कलन नगर्न अनुरोध समेत गरेको छ ।
यद्यपि, केही व्यक्ति र समूहले प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोडमा ‘एडिट’ गरेर आफ्नो वा कुनै पार्टीको क्यूआर कोड राखी ठगी गरिरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न उद्देश्यले प्रधानमन्त्री राहत कोषको नाम जोडेर ठगी गर्ने गरिएको भन्दै प्रहरीले समेत सर्वसाधारणलाई सचेत बनाएको छ । खासगरी प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक भएको क्यूआरमा आफ्नो वा कुनै पार्टीको क्यूआर कोड राखिदिने प्रवृत्ति देखिएकाले सरकारको आधिकारिक क्यूआर कसरी चिन्ने र नझुक्किने गरी कसरी रकम पठाउने भन्नेबारे सजग हुनुपर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)