गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ - मन्त्री रावल
nepalviews.com · Tue Sep 15 12:34:10 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री रावलले गुठी जग्गामा रहेका किसानहरूको हकअधिकार संरक्षण र अतिक्रमण रोकथाममा सरकार गम्भीर रहेको बताइन् । उनले प्रचलित कानुनले नै मोही किसानको अधिकार सुरक्षित गरेको स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)