जलवायु अन्यायविरुद्ध मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्ने सामागाउँका युवाको घोषणा
aarthiknews.com

गोरखा । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति राज्यको ध्यानाकर्षण गराउन गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्ने घोषणा गरेका छन्। हिमाली क्षेत्रमा देखिँदै आएको जलवायु अन्यायको विरोध गर्दै आगामी असोज २ गतेदेखि १८ गतेसम्म आमरण अनशनमा बस्ने तयारी गरिएको स्थानीय धावा नोर्बु लामाले जानकारी दिए।
अनशनअघि गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय तथा सामागाउँ प्रहरीचौकीमा बुझाइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)