मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको प्रथम महाधिवेशन : संशोधित निर्वाचन तालिका सार्वजनिक, आजै उम्मेदवार नामावली

arthadabali.com · Tue Jun 23 13:27:03 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले तेस्रो संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका अनुसार आज राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ भने राति ११:४५ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि औपचारिक रूपमा मौन अवधि सुरु हुने आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बुधबार बिहान पहिलो चरणको मतदान हुनेछ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।

मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै मतगणना सुरु गरी पहिलो चरणको नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगले दोस्रो चरणका उम्मेदवारी तथा अन्य विस्तृत कार्यतालिका पछि सार्वजनिक गरिने जानकारी दिएको छ।

सम्बन्धित विषय:

# रास्वपा

# राष्ट्रिय स्वतन्त्र पार्टी

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)