ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो
khabarhub.com · Tue Sep 15 12:42:26 GMT 2026

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सवारीसाधनमा २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)