धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
annapurnapost.com · Tue Sep 15 12:35:26 GMT 2026

ढल्केवर : धनुषामा एक महिलाको हत्या भएको छ। सोमबार राति मिथिला नगरपालिका–७, ढल्केवरमा स्थानीय २७ वर्षीया पुनितदेवी महतोको हत्या भएको हो।
सोमबार राति करिब ११ बजेको समयमा घरमै मृत अवस्थामा फेला परेकी पुनिताको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि उनका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। श्रवणलाई ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खानलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)