मधेसका पालिकाहरुमा भ्रष्टाचारले चरम सीमा नाघ्यो : सांसद पन्त
annapurnapost.com · Tue Sep 15 12:31:23 GMT 2026

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जनतासँग सबैभन्दा नजिकको सरकार मानिने स्थानीय तहमा भ्रष्टाचारले चरम सीमा नाघेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार बढ्दै जाँदा जनताले संघीय सरकारप्रति नै प्रश्न उठाउन थालेको बताए। उनले भने, ‘मधेसका स्थानीय तहमा भ्रष्टाचार जसरी र जुन रुपमा बढ्दै गइरहेको छ, त्यो एकदम असामान्य र भयावह छ। जसका कारण आम जनताले संघीय सरकारप्रति नै प्रश्न गर्न थालेका छन्।,’ जनप्रतिनिधि र कर्मचारीको भ्रष्टाचार र भागबण्डाले पालिकाहरु ऋणमा डुबेको भन्दै उनले कतिपय पालिकाहरु कर्मचारीहरुको तलब र उपदान समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)