खोटाङमा बाँदर धपाउन हानेको गोली लागेर साथीको मृत्यु
ukeraa.com

१ दिन अघि
खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।