तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
ratopati.com · Sat Jun 06 04:27:30 GMT 2026

कैलाली । पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो ।
नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)