मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ विदेशमन्त्री वाङ यी यही हप्ता अमेरिकाको भ्रमणमा जाने तयारी

Ujyaaloonline.com · Wed Oct 25 01:09:53 GMT 2023

चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने हुनुभएकाे छ । उहाँको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भावित बैठकभन्दा अघि हुन लागेको हो ।

विदेशमन्त्री यीको तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । तर उहाँले राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे खुलेको छैन । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)