खार्पुनाथ गाउँपालिकाले ल्यायो ४९ करोडभन्दा बढीको बजेट
gorkhapatraonline.com · Tue Jun 23 13:35:03 GMT 2026

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड रुपियाँभन्दा बढीको बजेट ल्याएको छ। मङ्गलवार भएको १९ औँ गाउँसभाले गाउँपालिकाको उक्त बजेट सर्वसम्मत पारितसमेत गरेको हो।
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९५ लाख ५७ हजार २८८ रुपियाँको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो। यसअघि मङ्गलवार नै खार्पुनाथ गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रमसमेत सभामा पेस गरेर पारित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)