बेनी नगरपालिकाको बजेट ७५ करोड ५२ लाख
gorkhapatraonline.com · Tue Jun 23 13:39:30 GMT 2026

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ ।
मंगलबार सम्पन्न भएको १९ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालुतर्फ ५६ करोड ४ लाख ५० हजार र पूँजीगततर्फ १९ करोड ४८ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं