मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुणस्तरमा ध्यान देऊ

rajdhanidaily.com · Mon Mar 27 23:30:12 GMT 2023

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल टेलिकम र इन्टरनेट प्रयोगकर्ता क्रमशः घट्दो छ । सूचना प्रविधिप्रति आमसर्वसाधारणको पहुँच र आकर्षण बढ्दै गएको बेला सरकारी स्वामित्वमा रहेको पुरानो र भरपर्दो भनिने टेलिकमको प्रयोगकर्ता क्रमशः घट्नु आफैंमा राम्रो संकेत होइन । सरकारी स्वामित्तमा सञ्चालित कतिपय संघसंस्थाको व्यवस्थापन फित्तलो भएकै कारण धरासायी हुँदै गएको बेला टेलिकममा पनि त्यही रोग सल्केको त होइन ? आशंका गर्ने अवस्था सिर्जना भएको छ ।

नेपाल टेलिकम नेपालमा सबैभन्दा पहिला टेलिफोन भित्र्याउने संस्था मात्रै होइन । यसको सञ्जाल पनि त्यत्तिकै फराकिलो छ । एउटै छानामुनि टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सुविधा उपलब्ध गराउँदै आएको सो संस्थाले उपभोक्तासँग लिने शुल्क पनि अन्य निजी कम्पनीको तुलनामा सुलभ मानिन्छ । सञ्जाल फराकिलो छ, शुल्कमा गुनासो छैन तर पनि किन प्रयोगकर्ता घट्न थाले किन त ? अध्ययन गर्न जरुरी छ । सञ्जाल व्यापक भए पनि गुणस्तरीय सेवा दिने सवालमा टेलिकम चुकेको उदाहरण भने धेरै छन् । प्राविधिक रूपमा ‘अपडेट’ हुँदै गरेको दाबी गरे पनि गुणस्तरीय सेवाका सन्दर्भमा प्रश्न गर्ने ठाउँ प्रशस्त छाडेको छ टेलिकमले । सहरबजारकै कतिपय ठाउँमा अहिले पनि टेलिकमको इन्टरनेटले राम्रो काम गर्दैन । टेलिकमको सेवा गतिलो नभएकै कारण गाउँगाउँमा निजी प्रतिस्पर्धी कम्पनीको वर्चश्व बढ्दो छ । । टेलिकमकै कुरा गरौं न मोबाइल फोनका लागि कुनै समय यस्तो थियो टेलिकमको विकल्प नै थिएन इन्टरनेटका लागि एडीएसएल उस्तै भरपर्दो माध्यम मानिन्थ्यो । जब निजी संस्था खुले, तिनले एडीएसएलकै रेटमा ‘हाइस्पिड’मा इन्टरनेट सेवा उपलब्ध गराउन थाले । टेलिकमको रेकर्डमा पक्कै हुनुपर्छ । कुनैबेला सहर बजारमा इन्टरनेटमा एडीएसएलको एकाधिकार जस्तै थियो तर तिनै व्यक्ति निजी कम्पनीको इन्टरनेटमा रमाइरहेका छन् । समयअनुसार यदि एडीएसएलले पनि गुणस्तरीय सेवा दिएको भए आज सहरमा एडीएसएलको प्रभाव निकै हुने थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)