प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन
annapurnapost.com · Tue Sep 15 12:53:31 GMT 2026

काठमाडौं : देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुको सहयोगका लागि प्रभु बैंक लिमिटेडले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत मगंलबार देशका ७ वटै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको हाे।
रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरु बाट ३२१ पिन्ट रगत संकलन भएको छ। यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो । साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको. ४० लाख ८० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)