विशेष अदालतले दियो पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति
shilapatra.com · Tue Jun 23 13:49:00 GMT 2026

विशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि २० दिनको समय थप गर्न माग गरेको थियो ।
पौडेललाई हिजो सुर्खेतमा विभागले नियन्त्रणमा लिएको थियो । सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका पौडेलसँग विभागले आजै झन्डै २ घण्टा बयान लिएको थियो ।
उक्त बयानपछि विशेष अदालतमा पेस गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
१९:३४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ