मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुरा प्रहारबाट युवकको मृत्यु, तीन जना पक्राउ

nagariknews.nagariknetwork.com · Tue Jun 23 13:41:02 GMT 2026

भक्तपुरको नगरकोटमोडमा छुरा प्रहार हुँंदा एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका वडा नं. ९ घर भई हाल सोही स्थान बस्ने वर्ष २८ को आकाश रसाइलीको छुरा प्रहारबाट मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाट त्रियुगा नगरपालिका वडा नं. १३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष ३१ को आयुश कार्की, झापा दमक नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २७ को दोर्जे शेर्पा र गुल्मी रुरुक्षेत्र गाँउपालिका घर भई हाल जिल्ला भक्तपुर सल्लाघारी बस्ने वर्ष ३५ को रमेश कुवँर रहेका छन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारकै क्रममा मृत्य भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय